तपाईँ सुन्दै हुनुहुन्छः

केन्द्रीय समितिका निर्णय पालना गर्न काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको आज बसेको बैठकले निर्वाचन परिचालनका लागि सातै प्रदेशमा पार्टीका सह–महामन्त्रीहरूको नेतृत्वमा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

file photo

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रदेश स्तरमा सह महामन्त्रीको नेतृत्वमा प्रतिनिधि खटाउने र जिल्ला तथा पालिका स्तरमा समेत प्रतिनिधि खटाउन निर्देशन दिने निर्णय गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।

यस्तै बैठकले चुनावी तालमेलका सम्बन्धमा केन्द्रीय समितिले गरेको निर्णय पालना गर्न सबै तहका समिति एवं नेता–कार्यकर्ताहरूलाई आग्रह गर्ने एवं निर्देशन विपरीतको गतिविधि गर्नेमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले निर्वाचन प्रचार–प्रसारका क्रममा आयोजना हुने सभा–सम्मेलन तथा कार्यक्रमहरूको आचार संहिता समेत तयार पारेको केन्द्रीय सदस्य नैनसिंह महरले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button