तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ’ए’ सँग सिरिज खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे ’ए’ सँग घरेलु मैदानमा सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावे ’ए’ सँगको सिरिजको तालिका शुक्रवार सार्वजनिक गरेको हो । 

नेपाल र जिम्बावे ’ए’ को सिरिज वैशाखमा हुनेछ । नेपालले जिम्बावे ’ए’ सँग तीन ५० ओभरको र तीन टी–ट्वान्टी खेल खेल्ने छ ।

सिरिज वैशाख १७ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । ५० ओभरको सिरिज वैशाख १७ देखि २१ गतेसम्म चल्ने छ । यस्तै टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button