तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा टाइफाइड विरुद्धको खोप अभियान सुरु

डडेलधुरा ।  डडेलधुरामा शुक्रवारदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ । 

जिल्लामा रहेका १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको हो । 

खोप जिल्ला सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालय, जनप्रिय स्कुल, आइन्स्टाइन पब्लिक स्कुललगायत अन्य विद्यालयहरूमा खोप लगाइँदै छ । जिल्लामा रहेका अन्य खोप केन्द्रहरूमा समेत टाइफाइड विरुद्धको खोप लगाइने छ । 

टाइफाइड विरुद्धको खोप जिल्लाभरका ४६ हजार ८ सय ८७ जना बालबालिकाहरूलाई लगाउने योजना रहेको छ । त्यसका लागि जिल्लामा दुई सय ५७ खोप केन्द्र तोकिएका छन् ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । 

पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ भने अभियान १८ वैशाखसम्म चल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button