कोरोनाका सक्रिय संक्रमित ५ सयभन्दा कम, १४ जना संक्रमित थपिए
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ४ सय ३८ सक्रिय संक्रमित रहेका छन् ।
आज देशभर थप १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ३ हजार ९ सय ३ नमुनाको परीक्षण गर्दा १४ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५५ जना सङ्क्रमणमुक्त भएका छन् ।









प्रतिक्रिया राख्नुहोस्