तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा पोखरेल

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ । 

प्रदेश सरकारले प्युठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । 

यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिनुभएपछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो । 

पोखरेललाई आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यस अवसरमा मुख्यमन्त्री केसीले सरकारको पहिलो प्राथमिकताको रुपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिनुभयो । 

शपथग्रहण पछि निर्देशक पोखरेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button