साझाका तीन विद्युतीय बस नेपाल भित्रिए

सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै ३ वटा विद्युतीय बस नेपाल भित्रिएका छन् ।
साझा यातायातका ४० वटा मध्य आज ३ वटा विद्युतीय बस भित्रिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । आजै भन्सार पास गरी सडकको कारण लोडरमा राखेर राजधानी पठाइने गौतमले जानकारी दिनुभयो ।
साझाले २५ सिट क्षमताको ४० मध्ये तीन वटा ठुला विद्युतीय बस चैतभित्र काठमाडौँ ल्याइ काठमाडौँ उपत्यकाका सडक/रुटमा तीनको प्रशिक्षणमा सफलतापछि बाँकी विद्युतीय बस ल्याइने सम्झौता रहेको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
साझाले ग्लोबल बोलपत्र आह्वान गरी चीनको सीएचपीसी कम्पनीको विद्युतीय बस खरिद गरेको हो । सीचएपीसीका बस नेपालमा ‘दि गो’ नामको कम्पनीले ल्याएर बिक्री गर्ने गरेको छ । सीएचपीसीसँग प्रतिबस करिब डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्