गृहमन्त्री खाँणसँग अस्ट्रियाका राजदूतको भेट
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्याथरिना वाइजरले भेट गर्नुभएको छ ।
गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री खाँणले काठमाडौँबाट अस्ट्रियाको राजधानी भियनामा सीधा हवाई उडान भएमा दुवै मुलुकलाई फाइदा हुने बताउनुभयो ।
भेटमा राजदूत वाइजरले उडानबारे सरकारसँग पहल गर्ने बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्