तपाईँ सुन्दै हुनुहुन्छः

सही सूचना प्रवाह गर्न सञ्चार माध्यमहरूलाई सभामुखको आग्रह

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अझै पनि केही राजनीतिक शक्ति निर्वाचनको प्रक्रियामा सहभागी हुन चाहिरहेको अवस्था देखिएकाले त्यस्ता शक्तिलाई निर्वाचनमा ल्याउन अधिकतम प्रयत्न गर्नुपर्ने बताउनुभएको  छ ।  

राष्ट्रिय सूचना आयोगले आज ललितपुरमा आयोजना गरेको स्थानीय तहको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सभामुख सापकोटाले निर्वाचन सबैका लागि भएकाले सरकारले सबै पक्षलाई निर्वाचनको महाअभियानमा समेटेर लैजानुपर्ने बताउनुभयो । 

उहाँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन देशको महान् उत्सव भएकाले  सबै जबाफदेही र निष्ठापूर्वक इमानदार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

सभामुख सापकोटाले निर्वाचन बिना लोकतन्त्र जीवित हुन नसक्ने बताउनुहुँदै  राष्ट्र र जनताका लागि निर्वाचन अवसरका रुपमा आएकाले निर्वाचनका बेला सही सूचना प्रवाह गर्न सञ्चार माध्यमहरूलाई आग्रह गर्नुभयो । 

 

कार्यक्रममा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले भ्रमपूर्ण, मिथ्या, तोडमोड गरिएका सूचना निर्वाचनका समयमा अत्यधिक प्रवाह हुने गरेको स्मरण गर्नुहुँदै त्यस्ता अफवाहलाई चिर्न सही र सत्य सूचना समयमै प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रमुख आयुक्त गुरुङले निर्वाचनका समयमा लैङ्गिक, जातीय र भौगोलिक आधारमा गलत सूचना प्रवाह भई हिंसा बढ्न सक्ने भएकाले भ्रामक सूचना नियन्त्रण गर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button