थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार एक सय ४४ नमुनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ४६ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज १५ हजार तीन सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्