स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित पाँच दलका शीर्षस्थ नेताबीच भएको बैठकमा आगामी वैशाख ३० गते हुने चुनावमा देशभर गठबन्धन गर्ने र चुनावी तालमेलको मोडालिटीको बारे छलफल गर्दै साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय गरेको हो ।
गठबन्धनको भोलि बस्ने बैठकले चुनावी तालमेलको मोडालिटी तय गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।
आजै पाँच दलीय गठबन्धनका तर्फबाट एक अपिल जारी गर्दै सत्ता गठबन्धन दलहरुबीच देशैभर ठाउँ र अवस्था हेरी चुनावी तालमेल गरिने जनाइएको छ ।
मुलुकको विकासमा गठबन्धन प्रतिबद्ध रहेको जनाउँदै विगतका आपसी मतभेद तोडेर निर्वाचनमा एक अर्कालाई सघाउने अपिलमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्