मुलुक बनाउन एमालेले जित्न जरुरी छ : अध्यक्ष ओली

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउनका लागि एमालेले जित्न जरुरी रहेको बताउनुभएको छ ।
नेकपा एमाले बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिका लागि एमालेले जित्न जरुरी रहेको बताउनुभयो । उहाँले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई बढारेर एमालेलाई जिताउनतर्फ लाग्न आह्वान गर्नुभयो ।
अध्यक्ष ओलीले बाँके जिल्लालाई अब एमालेको किल्ला बनाउनुपर्ने भन्दै सबै पालिका जिताउन क्रियाशील भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका किशोर थापा, राजु रुचाल, राजु तामाङ, मिलन शाह लगायतका नेता कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टीमा प्रवेश गराउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्