‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रम’ सम्पन्न
काठमाडौँ । पोखरा महानगरपालिका वडा नंं ३२, स्थित ब्रह्म रुपा माध्यमिक विद्यालयको सभा हलमा बुधवार ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रम’ सम्पन्न भएको छ ।

‘‘ज्येष्ठ नागरिक अनुभवका खानी हुन्, अपहेला नगरौँ’ भन्ने उद्घोषका साथ गण्डकी प्रदेश सरकार शि.सं.वि.प्र.त.सा.वि.मन्त्रालयको सामाजिक विकास कार्यालय कास्कीको समन्वय र पोखरा वृद्धाश्रमको आयोजनामा विद्यालयका करिब ४० जना छात्र छात्रा, स्थानीय ज्येष्ठ नागरिक र शिक्षकहरूलाई लक्षित गरी एक दिने पुस्तान्तरण हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रशिक्षक सम्झना पराजुलीले माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न आग्रह गर्नुभयो । वृद्धा अवस्थामा सोचाई, व्यवहार र बोलीचाली परिवर्तन हुँदै जाने हुनाले संस्कारका कुरा ज्येष्ठ नागरिकबाट लिने र नयाँ प्रविधिका कुरा नयाँ पिँढीले पुरानो पिँढीलाई दिन सामूहिक प्रयास गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रशिक्षक ऋषिराम त्रिपाठीले कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उहाँहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्न सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी तिवारी, प्रधानाध्यापक जनार्दन सुवेदी, सहायक प्रधानाध्यापक मधुसूदन सापकोटा, विद्यालयका शिक्षक महेश्वर पण्डित लगायतले ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवको पुस्तान्तरण र अनुसरण गर्न सबै छात्रछात्रालाई आग्रह गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्