तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा ५ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ५ वटा अध्यादेशहरू जारी गर्नुभएको छ ।

फाइल तस्बिर

राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button