तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर: गठबन्धनमा आबद्ध दलहरूबिच तालमेल गर्ने सहमति

कञ्चनपुर । कञ्चनपुरमा सत्ता गठबन्धनमा आबद्ध दलहरूबिच स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयअनुरूप नै कञ्चनपुरमा पनि गठबन्धन गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा कञ्चनपुरले निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयको स्वागत गर्दै जिल्लामा पनि तालमेल गरेर जाने सहमति गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button