तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारद्वारा राजधानीको गुरुयोजना स्वीकृत

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना स्वीकृत गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङ क्षेत्रमा निर्माण गरिने प्रदेशको राजधानी गुरुयोजना स्वीकृत गरेको हो । प्रदेश पूर्वाधार प्राधिकरणले हालै प्रदेश राजधानीको गुरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

file photo

त्यस्तै मन्त्रिपरिषद् बैठकले सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने, २०७९ सालको लागि प्रदेशमा सार्वजनिक, पर्व एवं सट्टा बिदा स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिनुभयो ।

त्यस्तै लालमटिया स्वास्थ्य चौकी, भालुवाङ, दाङलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस्ता छन् प्रदेश सरकारका १० निर्णय
२०७८ साल चैत्र २१ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले देहायका मन्त्रालयका प्रस्ताव सम्बन्धमा गरेका निर्णयको मुख्य ब्यहोरा निम्नबमोजिम छन्:

१. लुम्बिनी प्रदेश राजधानीको गुरु योजना (ःबकतभच एबिल) स्वीकृति गर्ने,

२. सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने,

३. वि.सं. २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक पर्व एवम् सट्टा बिदा स्वीकृत गर्ने,

४. पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा श्री करुणा काफ्ले, श्री चित्र बलिराम सुवाल र शान्ता सारू (पाल्पा) लाई मनोनीत गर्ने,

५. लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने,

६. प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने,

७. प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७८ स्वीकृत गर्ने,

८. प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८

९. प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८,

१०. लालमटिया स्वास्थ्य चौकी भालुवाङ, दाङलाई ५० शैयामा स्तरोन्नति गरी प्रदेश सञ्चालनमा ल्याउन नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button