तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य र पर्यावरण सुरक्षाका लागि जलविद्युत तथा ऊर्जामा लगानी गर्नुपर्ने

काठमाडौँ । खाद्य र पर्यावरण सुरक्षाका लागि जलविद्युत तथा ऊर्जामा लगानी र प्रयोगको आवश्यकता रहेको सम्बन्धित विज्ञहरूले बताउनुभएको छ । 

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ–आइयूसीएनले ललितपुरमा आज आयोजना गरेको कार्यशालामा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनको असर कम गर्न, वातावरण तथा खाद्य सुरक्षाका लागि जलविद्युत तथा वैकल्पिक ऊर्जाको उत्पादन, प्रयोग र भण्डारण गर्नुपर्नेमा जोड दिनुभयो । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले नेपालमा ८ प्रतिशत विद्युत् र ९२ प्रतिशत अन्य ऊर्जाको प्रयोग भएकोले आर्थिक विकास, सहज जीवनयापनका लागि ऊर्जाको सबै स्रोतहरूको प्रयोग जरुरी रहेको औँल्याउनुभयो । 

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. रमेश मास्केले खाद्य, जल र ऊर्जा अन्तरसम्वन्धित भएकोले यसको संकट र सुरक्षामा ध्यान पुर्‍याउनु पर्ने बताउनुभयो ।  

कार्यशालामा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button