तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचनमा भाग लिने राजनैतिक दलहरूबाट आचारसंहिता सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने राजनैतिक दलहरूलाई आचारसंहिता सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ ।  

आयोगले वैशाख ३० गते हुने निर्वाचनमा भाग लिने सम्पूर्ण दलका प्रतिनिधिहरूलाई आज आयोगको केन्द्रीय कार्यालयमा बोलाई आयोगले जारी गरेको निर्वाचन आचार संहिता, २०७८ को प्रभावकारी कार्यान्वयनका लागि राजनैतिक दलहरूबाट प्रतिबद्धता लिएको हो । 

राजनैतिक दलहरू नै निर्वाचनका प्रमुख खेलाडीहरू भएका हुनाले आयोगले जारी गरेको आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन हुने सुनिश्चितताका लागि दलहरूबाट प्रतिबद्धता लिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

आयोगले प्रतिबद्धता पत्रमा हस्ताक्षरका लागि आह्वान गरेको बैठकमा केही दलहरूले भने आयोगले पर्याप्त छलफल विना नै आचारसंहिता निर्माण गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भनी विरोध जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button