तपाईँ सुन्दै हुनुहुन्छः

‘कर्णालीमा ग्र्याजुएट सम्मेलन २०२२’ सुरु

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ग्र्याजुएट सम्मेलन सुरु भएको छ । यहाँको नवीन खोज, अनुसन्धान तथा सम्भावना बढाउन कर्णालीमा आठौँ सम्मेलन सुरु गरिएको हो ।

आठौँ ग्र्याजुएट सम्मेलनमा विभिन्न १२ वटा विषयगत प्रस्तुतीकरण अन्तर्गत दर्शनशास्त्र र विकास, खाद्य सुरक्षा, जलस्रोत तथा ऊर्जा, शिक्षा तथा व्यवस्थापन शास्त्र, कृषि तथा वन, जलवायु परिवर्तन र प्रकोप, समाजशास्त्र, प्रदूषण, नवपर्वतन जस्ता विषयमा सहभागीले मौखिक तथा प्रस्तुति दिने मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन सहप्राध्यापक डा सुदीप ठकुरीले जानकारी दिनुभयो । उहाँले सम्मेलन भोलिसम्म चल्ने बताउनुभयो ।

डा ठकुरीका अनुसार सम्मेलनमा नेपालसहित भारत, इथियोपिया, चीन, थाइल्यान्ड, भुटान लगायत देशका शोध तथा अनुसन्धानकर्ताहरूले कार्यपत्र प्रस्तुत गरेका छन् ।

सामूहिक छलफल, उत्कृष्ट अनुसन्धान तथा शोधकर्तालाई सम्मान गर्ने कार्यक्रम छ । उहाँका अनुसार कर्णाली प्रदेशका शोध तथा अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूले सशुल्क सम्मेलनमा सहभागी हुने व्यवस्था मिलाइएको छ ।

सम्मेलनको नारा ‘कनेक्टिङ डट्स रिसोर्स एन्ड प्रोस्पेरिटी’ राखिएको छ ।

कर्णाली लक्षित भूगोलमा भएका प्राकृतिक, सांस्कृतिक तथा अन्य स्रोतहरूको बहु आयामिक उपयोग गरी युवा वैज्ञानिक सिर्जनात्मक सोच र नवप्रवर्तनहरूका संयोजन गरिने रिसोर्सेज हिमालयन फाउन्डेसनका कार्यकारी निर्देशक डा दिनेश न्यौपानेले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button