तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकताको समस्या छिट्टै समाधान हुन्छ: मन्त्री खाँण

कलैया । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रीय समितिले बाराको कलैयामा आयोजना गरेको आमसभामा उहाँले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

file photo

कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको र त्यो समस्या अब छिट्टै समाधान हुने उहाँले बताउनुभयो । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा रहेको भन्दै उहाँले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको जानकारी दिनुभयो ।

ऐन बनिसकेपछि पालिका स्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोच रहेको उहाँले प्रस्ट पार्नुभयो । मन्त्री खाँणले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताउनुभयो ।

त्यस अवसरमा सिम्रौनगढ नगरपालिकाका उपप्रमुख रिमादेवी कुसवाहा, तत्कालीन तमलोपाका पूर्वकेन्द्रीय सदस्य मोहन महतो कोइरी, पूर्वक्षेत्रीय अध्यक्ष ओमप्रकाश ठाकुर, बारागढी गाउँपालिका–६ मा तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट निर्वाचन वडाध्यक्ष नीरज साहसहित विभिन्न पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button