उपाधिको लागि आज नेपाल र पीएनजी भिड्दै

काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन् । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरु हुनेछ ।
नेपाल अपराजित रहँदै सिरिज उपाधि जित्न चाहन्छ । तर, पीएनजी पनि सोही दाउमा हुनेछ । नेपालले लिग चरणका चार खेलमा नै सहज जित निकाल्दै उपाधि यात्रा तय गरेको थियो । त्यसकारण पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । नेपाललाई आज पीएनजीलाई स्तब्ध पार्दै एकदिवसीय सिरिजको बदला लिने मौका पनि छ ।
पछिल्ला खेलमा नेपालको बलिङ र ब्याटिङको उच्च प्रदर्शन भैरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्