रेडियो नेपाल पोखरामा वार्षिकोत्सव मनाइयो
पोखरा । रेडियो नेपालको ७२ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा विविध कार्यक्रमहरू सम्पन्न भएका छन् । सञ्चारकै अग्रणी संस्था रेडियो नेपालको स्थापना २००७ साल चैत्र २० गते भएको हो ।

वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालन गरिएको तीन दिने कार्यक्रम आइतबार समापन गरियो । रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूबिच मैत्रीपूर्ण भलिबल, ब्याडमिन्टन, रस्साकस्सी, म्युजिकल चियर, चम्चा दौड, घैँटो फुटाउने खेल लगायतका विविध कार्यक्रम आयोजना गरिएको थियो ।
खेल अन्तर्गत ब्याडमिन्टनतर्फ खेम सारू र गोविन्द थापाको जोडी प्रथम, हिमलाल त्रिपाठी र गोविन्द पाठकको जोडी द्वितीय हुनुभयो भने सियो धागो उन्ने प्रतियोगितातर्फ निशान अर्याल विजयी हुनुभयो । त्यस्तै म्युजिकल चियरतर्फ हरि गिरी र गोविन्द थापा क्रमशः प्रथम र द्वितीय हुनुभयो ।
रस्साकस्सी प्रतियोगिताको उपाधि जगदिस शर्माको समूहले जिते भने भलिबल तर्फको पुरस्कार खेम सारूको समूहले प्राप्त गरेको छ । त्यस्तै चम्चा दौडमा गोविन्द थापा प्रथम बन्नुभयो ।
विजयीहरूलाई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादव, पूर्व प्रमुख दुर्गानाथ रेग्मी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
विजयीहरूलाई पुरस्कार प्रदान गर्नुहुँदै कार्यालय प्रमुख सुरेन्द्र प्रसाद यादवले कर्मचारीहरूलाई विभिन्न क्षेत्रमा यसरी नै लगाव दिएर अघि बढ्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्