तपाईँ सुन्दै हुनुहुन्छः

लेक लागे भेडी गोठ

मनाङ । जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ ।

हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौँरी तथा भेडी गोठहरू गर्मी बढ्ना साथ किसानहरूले लेकतर्फ लगेका हुन् ।

गर्मी बढेपछि हिमपात नहुने भएकाले बेसीबाट लेकतर्फ चौँरी तथा भेडी गोठ सारिएको हो । गर्मी लागेपछि बेसीमा अन्न बाली लगाउने समय हुने तथा चरन क्षेत्रमा घाँस सकिँदै जाने भएकाले पनि चौँरी तथा भेडाहरू बेसीबाट लेकतिर जान खोज्ने गरेको पशुपालक व्यवसायी बताउँछन् । त्यस्तै लेकमा जाडो बढेपछि पशुहरू बेसीतर्फ झर्न चाहने गरेको उनीहरू बताउँछन् ।

उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने चौँरी तथा भेडाले धेरै चिसो पनि सहन सक्दैनन् भने बढी गर्मीमा पनि बस्न रुचाउँदैनन् । परम्परागत पशुपालन व्यवसायमा लागेका चामे गाउँपालिका–१ तिमाङका कान्छा गुरुङ चरन क्षेत्र हेरी घुम्ती गोठ बनाउँदै जेठसम्ममा करिब चार हजार मिटरको उचाइसम्म चौँरी तथा भेडी गोठ पुर्‍याउनुपर्ने बताउनुहुन्छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुर्ख्यौली पेशा मानिएको चौँरी तथा भेडा पालन व्यवसायलाई तीनै तहका सरकारले यथोचित सहयोग गरेमा वैदेशिक रोजगारको मोहका कारण सङ्कटमा पर्दै गएको यस पेशामा संलग्न व्यवसायीहरूको आयआर्जनमा सहयोग पुग्ने विज्ञहरू बताउँछन् ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button