डढेलो नियन्त्रण गर्न सञ्जाल निर्माण
सल्यान । जङ्गलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ ।
डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो ।

कुल क्षेत्रफलको ६५ दशमलव ६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २ सय ५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ । जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताउनुभयो ।
डढेलो नियन्त्रण गर्न स्थानीय सामुदायिक वन र उपभोक्तालाई नै धेरै जबाफदेही बनाउने उद्देश्यका साथ सञ्जाल गठन गरिएको गिरीको भनाई छ ।

सञ्जालमा डढेलो विरुद्ध सचेतना, अग्नीरेखा निर्माण, अग्नि रेखा सरसफाइ अभियान अघि सारिएको कार्यालयले जनाएको छ । डढेलोबाट मानव वन्यजन्तुको क्षतिसँगै पर्यावरणीय क्षति समेत हुने उहाँको भनाई छ ।
गर्मी याम सुरु भएसँगै वनमा हुने आगलागी नियन्त्रण गर्न आगलागी नियन्त्रण सञ्जाल गठन गरिएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्