कुञ्चोक र सिपापोखरे जोड्ने पक्की पुलको उद्घाटन
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं ३ र ८ जोड्ने पक्की पुलको उद्घाटन भएको छ ।
प्रदेश सभाका सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले साबिक कुञ्चोक र सिपापोखरे गाविस जोड्ने सिपाखोलाको पुल आइतबार उद्घाटन गर्नुभयो ।

बागमती प्रदेश सरकारको रु २ करोड ५३ लाख लागतमा शान्तिदेवी र कालिकादेवी जेभीद्वारा निर्माण गरिएको १८ मिटर लामो पुलको निर्माणपछि जिल्ला सदरमुकाम चौतारादेखि काठमाडौँको दुरी कम भएको छ ।
इन्द्रावती गाउँपालिकाको मध्य दक्षिणी भेगका अधिकांश स्थानीय पुलको निर्माणपछि लाभान्वित भएका छन् ।

सदरमुकाम चौतारादेखि भक्तपुरसम्म ५६ किलोमिटर दुरीमा रहेको यो पुल इन्द्रावती गाउँपालिकाको मध्य दक्षिणी भेगको लाइफ लाइनकै रुपमा रहेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो ।
पुलको उद्घाटन गर्दै दुलालले सङ्घीयताको प्रारम्भपछि मुलुकमा विकासले नयाँ फड्को मारेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्