निर्माणाधीन नहरमा डुबेर एक बालकको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेली स्थित निर्माणाधीन नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
महाकाली सिँचाइ परियोजना फुलेली खण्डअन्तर्गतको नहरबाट निस्केको पानीमा डुबेर नन्दन धामीका १२ वर्षीय छोरा रमितको मृत्यु भएको हो ।
साथीभाइसँग पौडी खेल्न गएका धामीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले जानकारी दिनुभयो । धामी धर्म जनता माध्यमिक विद्यालय स्टेसनपुरमा कक्षा ७ मा अध्ययनरत थिए ।







प्रतिक्रिया राख्नुहोस्