रेडियो नेपाल पोखरामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
पोखरा । रेडियो नेपालको ७२ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा विविध कार्यक्रमहरू सुरु भएका छन् ।

यसै अवसरमा शुक्रवार कर्मचारीहरूबिच डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खेम सारू र गोविन्द थापाको जोडी प्रथम तथा हिमलाल त्रिपाठी र गोविन्द पाठकको जोडी दोस्रो भए ।
सारूको जोडीले त्रिपाठीको जोडीलाई २१–१७, १५–२१, २१–१८ को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धामा कुल ५ टिम सहभागी थिए ।
प्रतियोगिताको उद्घाटन रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराका प्रमुख सुरेन्द्र प्रसाद यादवले गर्नुभएको थियो । सहभागी खेलाडीहरूलाई शुभकामना दिनुहुँदै प्रमुख यादवले खेल स्वस्थ रहन र आपसी भाइचारा वृद्धिका लागि महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
रेडियो नेपालको वार्षिकोत्सवकै सन्दर्भ पारेर मैत्रीपूर्ण भलिबल खेल, रस्साकस्सी, म्युजिकल चियर, चम्चा दौड, घैँटो फुटाउने लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्