तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै दुर्घटनामा परी तनहुँमा दुई जनाको मृत्यु

तनहुँ । तनहुँमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

जिल्लाको व्यास–७ शेरास्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया बुद्धिमाया दरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमौलीबाट दुई पिप्लेतर्फ जाँदै गरेको ग२०प २१४३ नं को स्कुटरले बाटोमा हिँडिरहेकी दरैलाई स्कुटर ठक्कर दिएको थियो । ठक्करबाट घाइते दरैको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।

यसैगरी, शुक्लागण्डकी–१० मिनामखानीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेशबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग२च ८२०१ नं को बोलेरो जिप सोही ठाउँमा मलको खाल्डोमा पल्टिँदा घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button