केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने क्रम जारी रह्यो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा धारणा राख्नुहुने केन्द्रीय सदस्यहरूले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा मिश्रित धारणा राख्नुभएको छ ।
बैठकमा केही सदस्यहरूले निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने धारणा राख्नुभएको तथा केहीले गठबन्धनको विपक्षमा धारणा राख्नुभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यसमितिको अर्को बैठक चैत्र १४ गते सोमबार बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्