तपाईँ सुन्दै हुनुहुन्छः

आस्थाका आधारमा कसैमाथि विभेद हुनु हुँदैन: मन्त्री कार्की

सुनसरी । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आस्थाका आधारमा कसैमाथि विभेद हुनु नहुने बताउनुभएको छ ।

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका १ मा आइतबार महर्षिमेही सन्तमत मन्दिर निर्माणका लागि आयोजना गरिएको शिलान्यास कार्यक्रममा मन्त्री कार्कीले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले त्यसको आधारमा कसैमाथि विभेद हुन नहुनेमा जोड दिनुभयो ।

समाजमा हिन्दु, मुस्लिम, इशाइसहित विभिन्न धर्मावलम्बीहरूको बसोबास भए पनि पुग्ने उद्देश्य एउटै भएकाले त्यस कुरालाई ध्यानमा राखी सामाजिक सद्भाव काम गर्नु आवश्यक रहेको मन्त्री कार्कीले बताउनुभयो ।

मन्त्री कार्कीले धर्मका नाममा अनेक किसिमका विवाद सृजना गरिएको भए पनि मानव जातिको एउटै लक्ष्य सुख, शान्ति र मृत्युपछि मोक्ष प्राप्ति रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, भोक्राहा नरसिंह २ का वडाध्यक्ष आलम अन्सारी, ४ का वडाध्यक्ष हारुन अन्सारी, नेपाली काँग्रेस भोक्राहाका सभापति युवराज दाहाल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button