काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा स्थानीय तहको निर्वाचन, गठबन्धन लगायतका समसामयिक विषयमा छलफल जारी रहेको जनाइएको छ ।

चैत ११ गते पार्टी बसेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नुका साथै प्रदेश सभापतिहरूले आ–आफ्नो क्षेत्रमा पार्टीको अवस्थाका बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
आजको बैठकमा अघिल्लो बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यले धारणा राख्नुहुने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्