तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

भद्रपुर, झापा। झापामा १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको हल्दिबारी–१ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत छात्रालाई विद्यालयभित्रै गरेको  आरोपमा बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद शिवाकोटी (सन्दीप) लाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार शुक्रबार परीक्षा सकेर घर जान खोजेकी छात्रालाई शिक्षक शिवाकोटीले यौनजन्य  दुर्व्यवहार गरेका थिए । यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्राले विद्यालयका अन्य शिक्षकसहित अभिभावकलाई तत्काल जानकारी गराएपछि घटना बाहिरिएको हो । शिक्षक शिवाकोटीप्रति अभिभावकहरू आक्रोशित बनेका छन् । उनीहरूले यौनजन्य  दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय समेत घेराउ गरेका थिए ।शुक्रबार नै पक्राउ परेका शिवाकोटीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button