तपाईँ सुन्दै हुनुहुन्छः

गैर आवासीय नेपालीका ज्ञान, सीप र पुँजीलाई उपयोग गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गर्नुभएको छ ।

file photo

गैर आवासीय नेपाली सङ्घ (एनआरएन)को १०औँ विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैर आवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई अझ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणले गैर आवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताउनुभयो । उहाँले नेपाल सरकार सदैव एनआरएनको साथ र समर्थनमा रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

सङ्घका पूर्व अध्यक्ष भवन भट्टले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक करोड राशिको ‘भवन प्राइज’ पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button