तपाईँ सुन्दै हुनुहुन्छः

हास्य कलाकार यादवलाई ५६ किलोको माला लगाएर सम्मान

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा बलिउड अभिनेता तथा हास्य कलाकार राजपाल यादवलाई ५६ किलोको माला लगाएर सम्मान गरिएको छ । आयोजक गोपाल सेवा समितिले कार्यक्रमका प्रमुख अतिथि हास्य कलाकार यादवलाई सम्मान गरेको हो ।

गोपाल सेवा समितिको नौ राष्ट्रिय महाधिवेशनमा कलाकार यादवले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।

कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख निरश्ल साह, गोपाल सेवा समितिको केन्द्रीय अध्यक्ष कौशल किशोर राय, नेपाली काँग्रेसका नेता कृष्णदेव राय लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button