पुल नहुँदा जोखिम मोलेर वारपार गर्न बाध्य छन् विद्यार्थीहरू
सल्यान । बबई नदीमा पुल नहुँदा सल्यान कालीमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।
कालीमाटी गाउँपालिका–७ काप्रेचौरका १ सय ५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदी वारपार गर्ने गर्दछन् ।

पुल नहुँदा चिन्ना, गाडीको ट्युब जर्किन आदीको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाहरूको भनाई छ । बबईपारिका स्वंयवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक १ घण्टा हिँडेर घुइया बारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन् ।
बबई नदी तर्दा निकै समस्या हुने गरेको विद्यार्थी यामकली बस्नेतले बताइन् । हिउँदको समयमा भन्दा वर्षाको समयमा निकै समस्या हुने गरेको उनको भनाई छ । किताब, कापी भिज्ने र बगाउने गरेको उनको गुनासो छ ।
बबई नदीमा पुल नहुँदा विद्यार्थीलाई मात्र नभई स्थानीय बासीलाई नै समस्या भइरहेको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष नैनसिहं रानाले बताउनुभयो । उक्त स्थानमा पुल निर्माणका लागि पहल गरी रहेको रानाको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्