तपाईँ सुन्दै हुनुहुन्छः

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

सांकेतिक तस्बिर

मस्को ।  रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।

“हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूसहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्‍यो”, रुसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button