तपाईँ सुन्दै हुनुहुन्छः

चौबिसै घण्टा अध्ययन गर्ने लाइब्रेरी भवनको शिलान्यास

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ ।

उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधारको केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मङ्गलवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उच्च शिक्षा सुधारका लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

विशेष अतिथि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।

पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल ४ लाख ३० हजार पुस्तक र ४ लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल, म्यागेजिन तथा रिपोर्टहरू रहेको बताउनुभयो ।

पुस्तकालय निर्माणपछि घरमै बसेर चौबिसै घण्टा अध्ययन गर्न सकिने छ । पुस्तकालय अपाङ्गमैत्री बन्ने छ ।

केसी हनुमान जेभीले गत पुसबाट पुस्तकालय निर्माण आरम्भ गरेको छ । कुल ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ निर्माणमा थलिएको पुस्तकालय भवन १५ महिनामा हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button