अनुसन्धानमूलक फिचर लेखन तालिम सञ्चालन
दोलखा । नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले दुई दिने अनुसन्धान मूलक फिचर लेखन तालिम सञ्चालन गरेको छ ।
भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन मङ्गलवार नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं तालिमका प्रशिक्षक धर्मेन्द्र झा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, सामुदायिक रेडियो प्रसारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कोइराला, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी, नेपाल पत्रकार महासङ्घ दोलखाका उपाध्यक्ष सृजन घिमिरे र सचिव दिलबहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं प्रशिक्षक झाले दुई दिनसम्म अनुसन्धानमूलक फिचर लेखनका विविध पक्षका बारेमा प्रशिक्षण दिनुहुने छ ।







प्रतिक्रिया राख्नुहोस्