तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा ४० ज्येष्ठ नागरिक र २० स्याहारकर्ता सम्मानित

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरका ४० जना ज्येष्ठ नागरिक र २० जना स्याहारकर्तालाई सम्मान गरेको छ ।

भद्रपुरमा गठन भएको ज्येष्ठ नागरिक सङ्घ, भद्रपुर नगर समितिले ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आज एक समारोहबिच नगरका १० वटै वडाबाट चार जनाका दरले ४० जनालाई सम्मान गरेको हो । समितिले वृद्ध सासू–ससुरा वा आमाबुबालाई स्याहार–सुसार गर्ने बुहारी–छोरीलाई स्याहारकर्ता सम्मान गरेको छ ।

झापा जिल्ला समन्वय समितिको हलमा ज्येष्ठ नागरिक सङ्घ, भद्रपुर नगर समितिका अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि ज्येष्ठ नागरिक सङ्घ झापाका अध्यक्ष हरिप्रसाद ओलीले ज्येष्ठ नागरिकहरूलाई नगदसहित लुगाफाटो प्रदान गरेर सम्मान गरेका थिए भने स्याहारकर्तालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button