तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनःबस्नेत

गण्डकी। प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न नावैँ महाधिवेशनबाट बस्नेत पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

आगामी तीन वर्षे कार्यकाल रहेको सो अधिवेशनबाट उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन हुनुभएको छ । उक्त कमिटीको महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजवजङ्ग पाण्डे छानिनुभएको छ ।

सचिव पदमा प्रदेश नं १ को सचिवमा विक्रम लुईंटेल, मधेस प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिमबाट लोकसरी कुँवर चयन हुनुभएको हो । प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन हुनुभएको छ । अधिवेशनले कूल १५१ सदस्यीय कमिटी गठन गरेको हो । त्यसैगरी १४ सदस्यीय अनुशासन आयोज, १७ सदस्यीय निर्वाचन आयोग र १५ सदस्यीय लेखा आयोग सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक रघु मैनालीले जानकारी दिनुभयो ।

फागुन २७ र २८ गते दुईदिने अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button