अरूको चेकमा नक्कली दस्तखत गरी ठगी गने दुई जना पक्राउ
चितवन । चितवनबाट नक्कली दस्तखत गरी चेक दिएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर १ का उज्ज्वल कुँवर र जिल्ला मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर ११का प्रभाकर भन्ने सुदिप कार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १ सौराहा रोडमा न्यू लक्ष्मी इन्टरप्राइजेज पसलका सञ्चालक कृष्ण प्रसाद तिवारीसँग फागुन १४ गते प्रभाकर कुँवर र कार्की समेतले चार लाख अडसठ्ठी हजार चार पैँतिस बराबरको फलामको रड खरिद गरी सो बापतमा अरूको चेकमा नक्कली दस्तखत गरी ठगी गरी भागी फरार रहेका थिए ।
उनीहरूलाई बुधवार प्रहरीले जिल्ला कालिका नगरपालिका वडा नम्बर १ लंकालाईनबाट पक्राउ गरेको हो । ठगी गर्ने दुवै जनालाई चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्