तपाईँ सुन्दै हुनुहुन्छः

मानवअधिकारका पक्षमा एमाले एक कदम अघि छ: एमाले अध्यक्ष ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारका पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताउनुभयो ।

एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हक अधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै उहाँले पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने मान्ने र त्यसैका लागि सङ्घर्ष गरिराखेकामा जोड दिनुभयो ।

एलायन्सका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, पूर्व मन्त्री पार्वत गुरुङ, विदेश विभाग प्रमुख डा राजन भट्टराई लगायतले मानवअधिकारका क्षेत्रमा एमालेले खेल्दै आएको भूमिका लगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button