तपाईँ सुन्दै हुनुहुन्छः

प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गर्नुभएको हो । 

मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । 

नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button