तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुई जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय खुम्बु क्षेत्रमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जबाट दुई जनालाई पासो र गुलेली सहित पक्राउ गरिएको छ ।

निकुञ्जभित्र पर्ने लुक्ला सामुदायिक बनबाट सोलुखुम्बुकै महाकुलुङ गाउँपालिकाका मोतिनन्द राई र थुलुङ दूधकोशी गाउँपालिका–८ का कमल रसाइली पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट २१ थान पशुपन्छी मार्न प्रयोग हुने पासो र एक थान गुलेली समेत फेला परेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।

गस्तीको टोलीले उनीहरूलाई पक्राउ गरेपछि अनुसन्धान भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । उक्त निकुञ्जमा वर्षेनि कस्तुरी, हाब्रे लगायतका महत्त्वपूर्ण वन्यजन्तु तथा पंक्षीहरुको अवैध चोरी सिकारी हुने गरेको पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button