रोल्पामा भू तथा जलाधार संरक्षण कार्यालय स्थापना गरियो

रोल्पा । प्रदेश सरकारले रोल्पाको लिबाङमा भू तथा जलाधार संरक्षण कार्यालय स्थापना गरेको छ । कार्यालय प्रमुख रोबर्ट महराले लुम्बिनी प्रदेशअन्तर्गत वन तथा वातावरण मन्त्रालय मातहतमा उक्त कार्यालय रहेको बताउनुभयो । कार्यालय स्थापना गर्न जिल्ला समन्वय समिति रोल्पाले आफ्नै भवनका कोठा प्रदान गरेको छ ।
उक्त कार्यालयले रोल्पा र रुकुम पूर्व हेर्नेछ । स्थानीय तहको संरचनापछि जिल्लामा रहेका कार्यालय मिलान गर्ने क्रममा साबिकको भू संरक्षण कार्यालय हटाइएको थियो ।
डिभिजन वन कार्यालयका प्रमुख डा मोहन पौडेलले भू तथा जलाधार संरक्षण कार्यालयको स्थापनापछि जिल्लामा वन वातावरण संरक्षणमा सहयोग पुग्ने बताउनु भयो ।
त्यसैगरी जिल्ला समन्वय समिति रोल्पा प्रमुख राज बहादुर बुढाले जिल्लाको विकासका लागि आवश्यक कार्यालय पुनः स्थापना गर्नको लागी लुम्बिनी प्रदेश सरकार र मुख्यमन्त्रीसँग पटक–पटक वार्ता गरिएको र कार्यालय ल्याउन विशेष पहल गरिएको साथै भू तथा जलाधार संरक्षण कार्यालयले जनपक्षीय कार्य गर्न विषेश भूमिका खेल्नमा विश्वास व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्