तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा प्रथम सहिद लखन थापाको सालिक निर्माण हुँदै

मकवानपुर । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको सालिक निर्माणको काम सुरु गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ मा स्थित लखन बाटिका स्मृतिको प्राङ्गणमा थापाको सालिक निर्माण गर्न लागिएको हो ।

सालिकको मङ्गलवार हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो । त्यस अवसरमा मेयर महतले लखन थापाले गरेको योगदानको चर्चा गर्दै उहाँलाई सबैले सम्झनुपर्ने उल्लेख गर्नुभयो ।

थापाको १४५ औँ स्मृति दिवसका अवसरमा सालिकको शिलान्यास गरिएको हो । लखन थापाको १४५ औँ स्मृति दिवस सोमबार मनाइएको थियो ।

कार्यक्रम लखन थापा नगर स्मृति बाटिका मकवानपुरका अध्यक्ष विश्व कुमार आलेको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button