तपाईँ सुन्दै हुनुहुन्छः

चाउचाउ उद्योगमा आगलागी, चार सय बढीको रोजगारी सङ्कटमा

झापा । एक अर्बभन्दा बढी लगानीमा सञ्चालित झापाको मेचीनगर १४ दुहागढीस्थित मनषा थाइ फुड्स उद्योग आगलागीबाट खरानीमा परिणत भएपछि त्यहाँ कार्यरत झन्डै साँढे ४ सय श्रमिक–कर्मचारीको रोजगारी सङ्कटमा परेको छ ।

शुक्रवार भएको आगलागीबाट सम्पूर्ण मेशिनरीहरु जलेर कामै नलाग्ने अवस्थामा पुगेको र उद्योग पुनः सञ्चालनमा आउन निकै समय लाग्न सक्ने सञ्चालक बुद्धि घिमिरेले बताएपछि त्यहाँ कार्यरत मजदुर कर्मचारीको रोजगारी गुम्ने सम्भावना रहेको छ ।

मगमग र अकबरे नामका चाउचाउ उत्पादन गर्दै आएको उद्योगमा विद्युत् सर्ट भई आगो लागेको र प्लास्टिकजन्य सामान धेरै भएकोले आगो नियन्त्रणमा आउन आठ घण्टाभन्दा बढी समय लागेको सञ्चालक घिमिरेले बताउनुभयो ।

उद्योगमा १५० जना पूर्णकालीन र ३ सय जति अल्पकालीन कामदार रहेको घिमिरेको भनाइ छ ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको पनि उहाँले जानकार दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button