तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघ गणना सुरु  

कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा आजदेखि बाघ गणना सुरु गरिएको छ । 

नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ गणनाको उद्घाटन गर्नु भएको हो ।

 

त्यस क्रममा मन्त्री यादवले वन्यजन्तुका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख वासस्थानका रूपमा रहेकोले निकुञ्ज र आसपासका वन क्षेत्रको संरक्षणमा जोड दिनुभयो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार महतोले स्वचालित क्यामेराबाट बाघ गणना गरिने बताउनुभयो । २१ दिनसम्म बाघ गणना कार्य गरिने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button