चौथो राष्ट्रिय ‘बेटी सम्मेलन’ सुरु
कास्की । गण्डकी प्रदेशको पोखरामा आजदेखि चौथो राष्ट्रिय ‘बेटी सम्मेलन’ सुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले ऐन कानुन लेखेर मात्र नहुने भन्दै अधिकार प्राप्त गर्न आम सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो ।

आयोजक संस्था मूलधार महिला सेवा केन्द्र (आभास) राष्ट्रिय केन्द्रकी अध्यक्ष नजबुल खान निलमले देशभरका महिलाहरूलाई एकिकृत गरी प्रत्येक वर्षको माघ २७ ,२८ र २९ गते बेटी दिवस मनाउनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा महिला अधिकारका क्षेत्रमा काम गर्ने दश जना अभियन्ताहरूलाई सम्मान समेत गरेको थियो ।
उदयपुर जिल्लाबाट सुरु भएको ‘बेटी अभियान’ नेपालका ३ प्रदेशमा विभिन्न ७ महिला पिल्लरहरुको अवधारण निमार्ण गरी अगाडी बढेको निलमले बताउनुभयो ।
संविधानमा उल्लेख गरिएको भए पनि हिंसाको बारेमा स्पष्ट रुपमा किटान हुन नसक्दा जातीय लैङ्गिक हिंसा हुने गरेको महिला तथा जातीय विभेदको अन्त्य गर्न ५४ दिनसम्म पूर्व पश्चिमी पैदल यात्रा अभियान सञ्चालन गरिएको गोर्खाकी अभियानकर्मी रिता परियारले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्