तपाईँ सुन्दै हुनुहुन्छः

द्रुतमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल

file photo

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौँ-तराई मधेस द्रुतमार्ग निर्माणमा देखिएका समस्या समाधान गर्न आवश्यक सहजीकरणको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवसँग छलफल गरेको छ ।

समितिको बैठकले द्रुतमार्ग आयोजन निर्माणसँग सम्बन्धित अन्तर मन्त्रालय समन्वयका विषयमा राष्ट्रिय योजना आयोग र अर्थ एवं रक्षा मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको संसद् सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।

साथै बैठकले द्रुत मार्ग आयोजना सञ्चालनसँग सम्बन्धित कार्यविधि संशोधनका सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन, आयोजना सम्पन्न भएपछि यसको सञ्चालनको लागि स्पष्ट सञ्चालन ढाँचा र आयोजना निर्माणको बाँकी कार्य सम्पन्न गर्न आवश्यक १ खर्व ७५ अर्ब बजेटको सुनिश्चितता लगायतका विषयमा समितिको आगामी बैठकमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button