तपाईँ सुन्दै हुनुहुन्छः

जाल्पा सामुदायिक लघुवित्तको साधारण शेयर बिक्री खुला

file photo

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रवारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । 

कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी २५ करोड र हालको जारी पुँजी १६ करोड बराबरको तथा तत्कालको चुक्ता पुँजी १० करोड ७८ लाख छ । खुला गरेको शेयरको बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पुँजी १६ करोड पुग्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button